बुधबार, ७ साउन २०८२

माछापुच्छ्रे बैँककाे रिक्त रहेकाे संचालक पदमा सिग्देल

समयपोष्ट २०७६ कार्तिक १५ गते ९:३०

माछापुच्छ्रे बैंक लिमिटेडको संचालकको रिक्त पदमा हरिभक्त सिग्देललाई नियुक्त गरेको छ ।

कात्तिक ८ गते बसेको संचालक समितिको ४०८ औं बैठकले रिक्त पदमा सिग्देललाई आगामी वार्षिक साधारण सभा सम्मको लागि नियुक्त गरेको हो ।

सर्वसाधारण शेयरधनीहरुका तर्फबाट रिक्त भएको उक्त पदमा बैँकले सिक्देललाई नियुक्त गरेको छ । नवनियुक्त संचालक हरिभक्त सिग्देलको सरकारी र प्राईभेट क्षेत्रमा निकै लामो अनुभव रहेको छ ।

माछापुच्छ्रे बैंक लिको १४१ वटा शाखाहरु, १३१ शाखा रहित बैकिङ्ग सेवा, १ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा २७३ स्थानमा रहेका सेवा सञ्जाल तथा १६५ वटा एटीएमहरु मार्फतबाट ग्राहक महानुभावहरुमा अत्याधुनिक प्रविधिसहित सम्पूर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री