इ-सेवाको तिहार अफर: एयरलाइन्स् टिकटमा शतप्रतिशत क्यासब्याक
भुक्तानी सेवा प्रदायक कम्पनी इ-सेवा फोन पेले तिहारलाई लक्षित गर्दै एयरलाइन्स् टिकटमा विभिन्न अफर सार्वजनिक गरेको छ । अफर अन्तरगत एयरलाइन्स् टिकट काट्नेहरूमध्ये विजेता छनौट गरी प्रथम पुरस्कार स्वरुप शतप्रतिशत क्यासब्याक, दोश्रो पुरस्कार स्वरुप ५० प्रतिशत रकम क्यासब्याक र तेश्रो पुुरस्कार स्वरुप इ-सेवा वालेटमा एक हजार रिवार्ड प्वाइन्ट प्रदान गरिने छ । साथै हरेक दिन ३ जना भाग्यशाली विजेता घोषित हुनेछन् । यो अफर कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ ।
इ-सेवाले यसअघि दशैँलाई लक्षित् गर्दै ‘दशैँ धमाका’ उपहार योजना सार्वजनिक गरेको थियो । जुन उपहार योजनामा करिब ३ सय भन्दा बढिले उपहार जित्न सफल भएका थिए । इ-सेवा नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको पहिलो भुक्तानी प्रदायक कम्पनी हो ।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूमा शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ४७ वटा बैंक सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा रकम जम्मा गर्न तथा इसेवामा रहेको रकम बैंक खातामा रकम पठाउन सकिन्छ ।
प्रतिक्रिया