मंगलबार, ३१ असार २०८२

सातदेबाटोमा बसमा आगलागी

समयपोष्ट २०८१ कार्तिक ३ गते १८:३२

Advertisement

ललितपुरको सातदोबाटोमा शनिबार दिउँसो एक बसमा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार बा ४ ख १०६ नम्बरको महानगर यातायातको बसमा आगलागी हुँदा मानवीय क्षति नभए पनि बस पूर्णरूपमा क्षतिग्रस्त भएको छ।

प्रहरीका सूचना अधिकारी रवरत्न पौडेलका अनुसार बस सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गर्दा ‘बस पाकेट’मा रोकेर राखिएको थियो। अचानक तार सट भएर आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ।

आगो लाग्नेबित्तिकै प्रहरी र ललितपुर महानगरपालिकाका दुई दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको हो। आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री