एलआइसी नेपालद्धारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३१ लाख सहयोग
समयपोष्ट
२०८१ असोज १८ गते २१:५४
देशका विभिन्न स्थानमा आएको अविरल वर्षा, बाढी, पहिरो र डुबानले पुर्याएको क्षतिबाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि एलआइसी नेपालले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
सो सहयोग आज एलआइसी नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रणय कुमारले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन्।
एलआइसी नेपालले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी, पहिरो तथा डुबानका कारण विस्थापित तथा प्रभावित जनतालाई सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यो रकम हस्तान्तरण गरेको हो।
यस सहयोगले प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका प्रयासमा थप टेवा पुग्ने विश्वास गरिएको छ।
प्रतिक्रिया