बुधबार, २९ असोज २०८२

एभरेष्ट बैंकको लाभांश पारित

समयपोष्ट २०८० कार्तिक १ गते ६:१५

Advertisement

एभरेष्ट बैंक लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार सम्पन्न सभाले प्रस्तावित २० दशमलव ५३ प्रतिशत लाभांश पारित गरेको छ ।

बैंकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

नगद लाभांश दशैंअघि नै वितरण गरिसक्ने बैंकले जनाएको छ । शेयरधनीहरूलाई दशैं खर्च जुटाउनका लागि नै दशैंअघि वार्षिक साधारण सभा सम्पन्न गर्न सफल भएको जानकारी बैंकले दिएको हो । नगद लाभांश सम्बन्धित शेयरधनीहरूको बैंक खातामा जम्मा हुने भएकाले हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराउनका लागि समेत बैंकले आग्रह गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार रुपैयाँ छ । बोनस शेयर वितरणपछि बैंकको पूँजी वृद्धि हुने भएकाले सोहीबमोजिम बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज १६ गते बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा असोज १५ गतेसम्म कायम शेयरधनीहरूले मात्र बैंकको लाभांश प्राप्त गर्नेछन् ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री