आइतबार, २३ वैशाख २०८१

दसैँ-तिहार लक्षित ‘ग्रेट भाटभटेनी कार्निभल’, २५ सयभन्दा बढीको किनमेलमा टाटा टिगोर जित्ने अवसर

समयपोष्ट २०८० असोज २६ गते २०:२७

Advertisement

भाटभटेनीले सुपरमार्केटले चाडपर्व लक्षित ‘ग्रेट भाटभटेनी कार्निभल’ कार्यक्रम ल्याएको छ। दसैं, तिहार र छठको अवसर पारेर कम्तीमा २५ सयको सामान किन्दा टाटा टिगोर जित्ने कार्यक्रम बजारमा ल्याएको हो।

आफ्ना ग्राहकप्रति प्रतिबद्धता प्रदर्शन गर्ने पहलको रूपमा कार्यक्रमलाई लिइएको भाटभटेनीले जनाएको छ। ग्राहकले २५ सय वा सोभन्दा बढीको सामान खरिद गरेर कार्यक्रममा सहभागी हुन पाउनेछन्।

विजेताले टाटा टिगोर गाडी जित्नेछन्। सिप्रदीसँगको सहकार्यमा कार्यक्रमलाई ल्याइएको हो।

कार्यक्रम दसैँको घटस्थापना अर्थात् असोजको २८ गतेदेखि पुस १५ गतेसम्म चल्ने छ।

Advertisement

ग्राहकहरूले देशभरका भाटभटेनीका शाखामा गएर २५ सय वा सोभन्दा बढीको सामान खरिद गरेर प्रवेश टिकटमा आफ्नो विवरण भर्न सक्नेछन्। तोकिएको ‘लक्की ड्र बक्स’मा सो टिकट हाल्नुपर्ने छ।

सन् २०२४ जनवरीको पहिला हप्ता ‘लक्की ड्र’ मार्फत टाटा टिगोर विजेता भाग्यशाली ग्राहकको छनोट हुने छ।

कार्यक्रममा देशभर रहेका भाटभटेनीका २६ वटै आउटलेटमार्फत सहभागी हुन सकिने छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री