बुधबार, २९ असोज २०८२

एनएमबि बैंकको पुतलीसडक शाखामा इपेमेन्ट हबको उद्घाटन

समयपोष्ट २०८० असोज २६ गते १४:२७

Advertisement

एनएमबि बैंकको पुतलीसडक शाखामा एनएमबि इपेमेन्ट हबको उद्घाटन गरेको छ ।

यस हबको प्रयोग गरी ग्राहकहरुले भिसा शुल्क भुक्तानी, विदेश स्थित शिक्षण संथामा विद्यार्थी भर्ना आवेदन शुल्क, PTE, SAT, USMLE, Flywire, Swift, GRE, ACCA जस्ता विविध अनलाइन भुक्तानी सेवा लिन सक्ने बैंकले जनाएको छ ।

बैंकले एनएमबि इपेमेन्ट हब स्वीकृत विधुतीय भुक्तानी उपकरणहरू प्रयोग गरी ग्राहकहरूका लागि सहज र झन्झट मुक्त भुक्तानी सेवा अनुभव सुनिश्चित गर्दै, उत्कृष्ट ग्राहक सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

द फाइनान्सियल टाइम्स, लन्डनको ’द बैंकर म्यागजिन’ ले एनएमबी बैंकलाई प्रतिष्ठित बैंक अफ द इयर एसिया २०२१ बाट सम्मानित गरेको छ । बैंकले २०१७, २०१८, २०२० र २०२१ मा बैंक अफ द इयर पनि पाएको छ। एनएमबी बैंक हाल २०१ शाखा, १४९ एटीएम र १२ एक्सटेन्सन काउन्टर मार्फत सेवाहरू प्रदान गर्दै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री