बुधबार, २९ असोज २०८२

नयाँ नोट सटही सुरु

समयपोष्ट २०८० असोज २६ गते ९:५१

Advertisement

नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही सुरु गरेको छ।

राष्ट्र बैंकले बिहीवारबाट नयाँ नोट सटही सुरु गरेको हो ।

वाणिज्य बैंकहरूलाई नयाँ नोट दिन थालेको राष्ट्र बैंकले सर्वसाधारणका लागि भने असोज २९ बाट वितरण गर्नेछ।

राष्ट्र बैंकले केन्द्रीय कार्यालय बालुवाटार र मोरङको विराटनगर, धनुषाको जनकपुर, पर्साको वीरगञ्ज, रूपन्देहीको सिद्धार्थनगर, कास्कीको पोखरा र वीरेन्द्रनगरको सुर्खेतमा रहेका प्रादेशिक कार्यालयबाट नयाँ नोट उपलब्ध गराउने जनाएको छ।

Advertisement

राष्ट्र बैंकले केन्द्रीय कार्यालय र राष्ट्र बैंकका प्रादेशिक कार्यालयबाट वितरण गर्ने योजना बनाएको छ। सर्वसाधारणका लागि प्रतिव्यक्ति १८ हजार पाँच सयका दरले नयाँ नोट साट्ने व्यवस्था मिलाउने भएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री