बुधबार, २९ असोज २०८२

विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा मर्चेन्ट बैंकर्सद्धारा अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिताको आयोजन

समयपोष्ट २०८० असोज २३ गते ११:३६

Advertisement

धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्था इन्टर्नेशनल अरगनाइजेशन अफ सेक्युरिटीज कमिसनको आह्वानमा नेपाल मर्चेन्ट बैंकर्स संघले अन्तर कलेज क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता–२०२३ आयोजना गरेको छ ।

विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा “लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम” सञ्चालन गर्ने उद्देश्य बमोजिम संघले उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।

सोमबार प्रतियोगिताको अन्तिम चरणको खेलहरु सम्पन्न भएका थियो ।

उक्त कार्यक्रममा पहिलो चरणमा छनोट भएका ८ वटा कलेजका विजेता टोलीहरु –काठमाडौं कलेज अफ म्यानेजमेण्ट, रिलायन्स कलेज, द ब्रिटिस कलेज, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज, नेपाल कलेज अफ म्यानेजमेण्ट, युनिग्लोब कलेज र एपेक्स कलेज द्धितीय चरणका सेमिफाइनल राउन्डको लागि योग्य साबित भएका थिए। द्धितीय चरणमा प्रवेश गर्न सफल भएका ८ वटा टोलि मध्य विजय हुन सफल ४ वटा टोलि –काठमाडौं कलेज अफ म्यानेजमेण्ट, काठमाडौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेण्ट, क्वेस्ट ईन्टरनेशनल कलेज र नेपाल कलेज अफ म्यानेजमेण्ट, बिच सोहि दिनको अन्तिम चरणको ग्राण्ड फिनाले प्रतिस्पर्धामा बुद्धिमत्ता र वित्तिय ज्ञानको रोमाञ्चक प्रदर्शन भएको थियो ।

Advertisement

ग्राण्ड फिनालेमा सामान्य राउण्ड, बोनान्जा राउण्ड, बजर राउण्ड, र ¥यापिड फायर राउण्ड शामिल भएको थियो । बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा, काठमाडौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को टोली विजेताको ट्रफी र रु. एक लाख रुपैया प्रथम नगद पुरस्कार सुरक्षित गर्दै च्याम्पियनको रूपमा उभिन सफल भएको छ । त्यस्तै नेपाल कलेज अफ म्यानेजमेण्ट कलेज, फस्ट रनर अप टिमले ट्रफी र रु. ५०,००० ÷– (रु पचास हजार) नगद पुरस्कार प्राप्त गरेको छ र क्वेस्ट इन्टरनेशनल कलेजले अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि रु. २५,०००÷–नगद पुरस्कार सहित तेस्रो स्थानको ट्रफी हात पार्न सफल भएको छ ।

कार्यक्रमको सञ्चालन तथा उदघोषण पूर्व मिस नेपाल सदिच्छा श्रेष्ठाद्वारा गरिएको थियो । कार्यक्रमको विशेष अतिथि स्वागत गर्दै, ’पहिलो MBAN अन्तर–कलेज क्यापिटल मार्केट क्विज प्रतियोगिता २०२३’ को महासंग्राम धूमधामले आयोजन गरिएको थियो। MBAN का अध्यक्ष विजय लाल श्रेष्ठले कार्यक्रमका विशेषता र महत्त्वहरुका बारे जानकारी दिदै प्रतियोगितामा सहभागीहरूको आत्मविश्वासलाई उत्साहित गर्नुभएको थियो। कार्यक्रमका मुख्य अतिथि नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल र नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज, सीडीएससी, ब्रोकर संघ र MBAN सदस्यहरूका अतिथिहरूको उपस्थितिले कार्यक्रमको शोभा बढाएमो थियो। सो कार्यक्रमका मुख्य अतिथिले सहभागीहरूको प्रस्तुति देखि प्रभावित भएर भविष्यका यात्राहरूको लागि उत्साहित गर्न शुभकामना प्रकट गरेका थिए। उनले यस किसिमको क्यापिटल मार्केट हाजिरी जवाफ प्रतियोगिता पहिलो पटक भव्यसाथ आयोजित गरिएको तर्क व्यक्त गर्नु भयोे। नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक र World Investors Week (WIW) २०२३ का नेपालतर्फको संयोजक गर्नु भएको डा. नबराज अधिकारीले WIW २०२३ को व्यक्तिगत अवलोकन र दृष्टिकोणहरू प्रस्तुत गरेका थिए, अनि भविष्यमा नेपालका सबै ७ वटै प्रदेशबाट यस किसिमका बौद्धिक तथा रचनात्मक कार्यक्रममा सहभागी गर्न यस्ता विभिन्न योजनाहरू प्रस्तुत गरे।

प्रतिक्रिया

सम्बन्धित सामाग्री