आइतबार, २३ वैशाख २०८१

टाटाको दशैँ अफर : आइस रेञ्‍जका गाडीमा ७ लाख ३० हजारसम्मको फाइदा

समयपोष्ट २०८० असोज २२ गते ९:००

Advertisement

टाटा मोटर्सले दसैं, तिहार र छठको अवसरमा नयाँ गाडी खरिदकर्ताहरुका लागि अफर ल्याएको छ।

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले आइतबार टाटा मोटर्स बडा दसैं बडा अफर सार्वजनिक गरेको हो।

अफरअन्तर्गत टाटा आइस रेञ्‍जका गाडीको खरिदमा ग्राहकहरुले ७ लाख ३० हजार रुपैयाँसम्मको फाइदा प्राप्त गर्न सक्नेछन्। त्यस्तै, नगद छुट, वार्षिक सवारी करमा छुट, एक वर्षको बीमा सुविधा, एक्सचेन्ज बोनस र एक्सेसरिजहरु पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

त्यसका साथै टाटा इभी गाडीहरुमा पनि आकर्षक अफरहरु रहेको कम्पनीले जानकारी दिएको छ।

Advertisement

नेपालमा टाटाका अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाइभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन इभी, टिगोर इभी र टियागो इभी लगायतका आइस र इभी रेञ्‍जका गाडीहरु उपलब्ध छन्। ग्राहकहरुले यी गाडीहरुको शोरुमा गएर अवलोकन र टेष्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री