शुक्रबार, ४ जेठ २०८१

एक्सप्लोर अर्थमुभर्सको कार्यालय स्थानान्तरण

समयपोष्ट २०८० असोज १४ गते १७:०१

Advertisement

विश्व प्रसिद्ध हेभी इक्विपमेण्ट ब्राण्ड भल्भोको नेपालको लागि एक मात्र आधिकारिक डिष्ट्रिब्यूटर एक्सप्लोर अर्थ मुभर्स प्रा.लि.को कार्यालय काठमाडौं महानगरपालिका, वडा नं. १४ कुलेश्वरस्थित अवर्तनगरमा स्थानान्तरण भएको छ ।

एक्सप्लोर अर्थ मुभर्स मुख्य कार्यालय चाकुपाट, ललितपुरबाट अवर्तनगरमा स्थानान्तरण भएको हो । कम्पनीले सम्बन्धित ग्राहक वर्गले मेसिन खरिद, मर्मत संभार, सर्भिसिङ्ग, स्पेयर पार्टस आदि कार्यका लागि कुलेश्वरस्थित अवर्तनगरमा सम्पर्क गर्न आग्रह गरेको छ ।

पहिलो पटक स्वीडेनबाट थालनी भएको भल्भो ग्रुपका हेभी इक्विपमेण्टहरुले विश्वमा मुख्य हिस्सा ओगटेका छन् ।

यसका उत्पादन र प्रविधि विश्वमा लामो समयदेखि वातावरण मैत्री हुनुकासाथै सुरक्षित तथा गुणस्तरको हिसाबले ख्याती कमाई आएका छन् भने समयअनुसार यन्त्र, उपकरण र मेसिनलाई आधुनिकिकरण गर्न समेत सफल भएको छ ।

Advertisement

यसले विकास निर्माण कार्यको लागि आवश्यक पर्ने एक्साभेटर, लोडर, डोजर, ग्रेडर, कम्प्याक्टर, पेभर्स आदि नेपाल अधिराज्यभर बिक्री गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री