मंगलबार, १ जेठ २०८१

नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २३.४७ प्रतिशतले वृद्धि

समयपोष्ट २०७९ कार्तिक ७ गते १०:१३

Advertisement

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नेपाल इन्भेष्टमेन्ट बैंकको खुद नाफा २३.४७ प्रतिशतले वृद्धि भएको छ ।

बैंकको खुद ब्याज आम्दानी ६६.४९ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ४.५१ प्रतिशत, कुल सञ्चालन आम्दानी ३१.८७ प्रतिशत र सञ्चालन मुनाफा २३.४७ प्रतिशत बढेसँगै खुद नाफा उल्लेख्य बढ्न पुगेको हो।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ८० करोड रुपैयाँ रहेको छ।

बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ १९ पैसा बढेर २४ रुपैयाँ ९२ पैसा पुगेको छ। बैंकको जगेडा कोष समीक्षा अवधिमा ५.८६ प्रतिशत, निक्षेप ४.०६ प्रतिशत र कर्जा ७.०७ प्रतिशत बढेको छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री