जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक, कसको कति ?

वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

Advertisement

बैंकहरुको ब्याजदर बैशाख महिनाको तुलनामा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको सुचना अनुसार बैंकहरुले, जेठ महिनामा औषतमा ७.०६ प्रतिशतविन्दुका दरले ब्याज दिने भएका छन्। बैशाख महिनाको तुलनामा जेठमा बैंकहरुको औषत ब्याजदर ०.०७ प्रतिशतविन्दु घटेको छ भने संस्थागत मुद्दति निक्षेपको ब्याजदर पनि औषतमा ०.०७ प्रतिशतविन्दु घटेको छ।

एनआईशी एशिया बैंक

एनआईसी एशिया बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.८ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । वेशाख महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.७प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

नेपाल बैंक लिमिटेड

Advertisement

बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । वैशाख महिनाका लागि पनि बैंकको व्यक्तिगत र संस्थागतर्फको अधिकतम ब्याजदर यहि कायम थियो ।

कुमारी बैंक

कुमारी बैंकले पनि जेठ महिनाका लागि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ७.२६ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले पनि ब्याजदरमा कुनै परिवर्तन गरेको छैन । बैंकले जेठ महिनाका व्यक्तिगततर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.२५ तिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैंक

प्रभु बैंकले भने व्यक्तिगततर्फ अधिकतम ब्याजदर बढाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंक

बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ ६.५ र संस्थागततर्फ अधिकतम ५.५ प्रतिशत ब्याजदर तोकेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ७ र संस्थागततर्फ ६ प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

एनएमबी बैंक

बैंकले पनि जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.८ प्रतिशत र संस्थागततर्फ ६.८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

हिमालयन बैंक

हिमालयन बैंकले ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको छ । वैशाख महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.१५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंक

सानिमा बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन वैशाख महिना ७.१ र ६.१ प्रतिशत कायम रहेको थियो ।

प्राइम कमर्सियल बैंक

बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.१ प्रतिशत र संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

माछापुच्छ्रे बैंक

जेठ महिनाका लागि बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर रहेको छ । वैशाख महिनाका लागि पनि बैंकले यहि ब्याजदर प्रदान गरेको थियो ।

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले पनि जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.३९ प्रतिशत र संस्थागततर्फ ५.३९ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक

लक्ष्मी सनराइज बैंकले पनि जेठ महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले जेठ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर कायम थियो ।

नबिल बैंक

जेठ महिनाका लागि नबिल बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर कायम भएको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

ग्लोबल आइएमई बैंक

बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर कायम गरेको छ । वैशाख महिनाका लागि बैंकले व्यक्तिगततर्फ अधिकतम ७ र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री