मंगलबार, १ जेठ २०८१

एक अर्ब नाघ्यो नविल बैंकको खुद नाफा

समयपोष्ट २०७९ कार्तिक ७ गते १०:०७

Advertisement

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा नबिल बैंक लिमिटेडको खुद नाफा ४१.३० प्रतिशतले बढेको छ ।

समिक्षा अवधिमा बैंकको खुद नाफा १ अर्ब ५७ करोड १५ लाख रुपैयाँ पुगेको छ।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो। समिक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६४.०५ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ४०.१६ प्रतिशत, कुल सञ्चालन आम्दानी ५२.९९ प्रतिशत र सञ्चालन मुनाफा ४०.३८ प्रतिशत बढेको छ।

असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ९१ करोड रुपैयाँ रहेको छ।

Advertisement

नाफा बढेपनि बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ४ रुपैयाँ ५८ पैसा घटेर २७ रुपैयाँ ५३ पैसामा झरेको छ।

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बैंकको जगेडा कोष २.२९ प्रतिशत बढेको छ भने निक्षेप २.४१ प्रतिशत र कर्जा १.५४ प्रतिशत बढेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री