आइतबार, ६ जेठ २०८१

माथिल्लो तामाकोशीको उत्पादन एक साता बन्द

समयपोष्ट २०७९ कार्तिक ४ गते १८:४३

Advertisement

माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा एक साता विद्युत उत्पादन बन्द हुने भएको छ ।

आयोजनाले तिहारको समय कात्तिक ८ देखि १५ गते सम्म उत्पादन बन्द गरेर प्राविधिक निरिक्षण गर्न लागेको हो ।

निरिक्षणको क्रममा दोलखाको लामाबगरस्थित माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको हेडवक्र्स र मुख्य सुरुङको प्राविधिक निरीक्षणका लागि आयोजनाबाट हुने बिजुली उत्पादन बन्द हुने भएको हो ।

नदीको बहाव बढ्ने भएकोले लामाबगर, छेतछेत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी,नयाँपुल लगायतमा माछा मार्ने, नुहाउने, पौडी खेल्ने, नदी तर्ने, लुगा धुने, वस्तुभाउ चराउने नगर्न आयोजनाले आग्रह गरेको छ ।

Advertisement

साथै आयोजनाले परम्पराअनुसार मृतकहरुको दाहसस्कार वा धार्मिक संस्कार गर्नुपर्दा अत्यन्त सतर्कतापुर्वक एवं सावधानीका साथ गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री