बिहीबार, ३ जेठ २०८१

प्राइम लाइफले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७९ कार्तिक ३ गते १०:३५

Advertisement

प्राइम लाइफ इन्स्योरेन्सले लाभांश वितरण गर्ने भएको छ ।

इन्स्योरेन्सको बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूंजी २ अर्ब ७७ करोड ९६ लाख १५ हजार को १३ प्रतिशतले हुन आउने ३६ करोड १३ लाख ५० हजार २५ रुपैयाँ बराबरको बोनश शेयर र बोनश शेयरको कर प्रयोजनका लागि १ करोड ९० लाख १८ हजार ४ सय २२ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको उक्त प्रस्ताव वीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात लगानीकर्तामा बितरण हुने छ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री