सोमबार, १७ वैशाख २०८१

गत साता बैंकहरुको निक्षेप ८ अर्ब बढ्यो

समयपोष्ट २०७९ असोज ३१ गते १३:००

Advertisement

वाणिज्य बैंकहरुको निक्षेप बढेको छ ।

वाणिज्य बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघको रिपोर्ट अनुसार एक सातामा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्बले बढेको छ ।

गत असोज २१ गतेदेखि २८ गतेसम्म २६ वटा वाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले बढेर ४५ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो साता अर्थात् असोज १४ गतेदेखि २१ गतेसम्म बैंकहरुले ८ अर्ब रुपैयाँले नै निक्षेप गुमाउँदै ४५ खर्ब ११ अर्ब सङ्कलन गरेका थिए ।

संघको रिपोर्ट अनुसार असोज २१ गतेसम्म कुल ४१ खर्ब ९३ अर्ब लगानी गरेका बैंकहरुले पछिल्लो साता अर्थात् असोज २८ गतेसम्म पनि सोही लगानी कायम गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री