सोमबार, १७ वैशाख २०८१

१८ अर्ब २० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

समयपोष्ट २०७९ असोज ३१ गते ११:४७

Advertisement

नेपाल राष्ट्र बैंकले आज १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ ।

बैंकले ४ किसिमका कुल १८ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे अनलाइन माध्यमबाट बोलकबोल गर्ने भएको हो ।

बैंकले २८ दिनको लागि २ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ९१ दिनको लागि ५ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ । त्यस्तै, १८२ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ भने ३६४ दिनको लागि ६ अर्ब रुपैयाँ बराबरको ट्रेजरी विल जारी गर्ने भएको छ ।

उक्त ट्रेजरी विल २८ दिनको कात्तिक २९ गते परिपक्व हुनेछ भने ९१ दिनको माघ ३ गते परिपक्क हुनेछ । त्यस्तै, १८२ दिनको अगामी बैशाख ५ गते परिपक्क हुनेछ भने ३६४ दिनको आगामी असोज ३० गते परिपक्क हुनेछ ।

बोलकबोलमा बैंक तथा वित्तीय संस्था, सर्वसाधारण संस्था तथा सर्वसाधारण नागरिक सहभागी हुन सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री