टीभीएस बाइकको एक्सचेञ्ज मेला : पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहार
टीभीएस ग्रेट ग्रान्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’मेलाको आजबाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको छ ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले मेलाको आयोजना गरेको हो ।
कम्पनीका अनुसार सोमबारबाट सुरु भएको यो मेला कात्तिक ५ गतेसम्म चल्ने छ। स मेलामा ग्राहकले कुनै पनि ब्राण्डका पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गर्दा आकर्षक छुट तथा उपहारहरु पाउने छन्।
मेलामा सहभागी हुने ग्राहकले आफ्नो पुरानो बाईक तथा स्कुटर एक्सचेन्ज गरेर टीभीएसको दुई पाङ्ग्रे सवारी साधन लिँदा बजार मुल्याङ्कन भन्दा सात हजार रुपैयाँ बढीको मूल्य पाउने छन्।
साथै नकिन्दै १ लाख र किन्दा १० लाख रुपैयाँसम्मको नगद छुटको पनि व्यवस्था छ। यो योजनामा आकर्षक फाइनान्स अफर पनि समावेश छ, जस अन्तर्गत न्यूनतम २५ प्रतिशत डाउनपेमेन्ट र ४,२७७ रुपैयाँको मासिक ईएमआइमा बाइक तथा स्कुटर लिन सकिन्छ।
यस बाहेक ग्राहकहरुले हेलमेट, बाइक कभर, र ब्याग जस्ता उपहार पनि प्राप्त गर्न सक्ने छन्।
जगदम्बा मोटर्स प्रालि नेपालमा टिभिएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो। कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जाल छ।
प्रतिक्रिया