सोमबार, १७ वैशाख २०८१

बजारमा ३० अर्ब पठाउँदै राष्ट्र बैंक

समयपोष्ट २०७९ असोज २७ गते १२:१३

Advertisement

नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनको लागि आज ३० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ ।

राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँको रिपोको बोलकबोलमा सहभागी हुन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।

यो रिपो एक हप्ताको लागि जारी गरिएको हो । आज जारी गरेको रिपो असोज २७ गते परिपक्व हुनेछ।

बोलकबोलमा इजाजतप्राप्त क, ख र ग वर्गका स्वीकृतप्राप्त बैंक तथा वित्तीय संस्थाले भाग लिन पाउने केन्द्रीय बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थाले न्युनतम १० करोडदेखि बोलकबोल गरेर प्रक्रियामा सहभागी हुन सक्ने छन् ।

बैंकिङ प्रणालीमा तरलता असहज हुँदा राष्ट्र बैंकले लगातार रिपोमार्फत प्रणालीमा तरलता प्रवाह गर्दै आएको छ । तरलता अभाव समस्याको व्यवस्थापन गर्न बैंक तथा वित्तीय संस्थाले रिपो, अन्तर बैंक सापटी, अस्थायी तरलता सुविधाजस्ता उपकरणको प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री