शुक्रबार, ७ वैशाख २०८१

सरकारी राजश्व वुझ्ने बैंकहरुलाई तिहारको विदाका दिन पनि खोल्न निर्देशन

समयपोष्ट २०७३ कार्तिक १५ गते ४:४८

नेपाल राष्ट्र बैंकले सरकारी राजश्व वुझ्ने बैंकहरुलाई तिहारको विदाका दिन पनि खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले निर्देशन जारी गर्दै तिहारमा पनि भन्सार कार्यालयहरु खुला रहने भएकाले त्यो बेला पनि बैकका शाखा तथा काउन्टर खोल्न निर्देशन दिएको हो ।

Advertisement

राष्ट्र बैंकले भन्सार कार्यालयहरुमा राजश्व संकलन प्रयोजनले खुलेका बैंकका शाखाहरु खोल्नु पर्ने व्यवस्था गरेको हो । ती शाखाहरु तिहारको भाइटिकाका दिन भने बन्द गर्न पाइने छ । बाँकी विदाका दिन मात्र खोल्नु पर्ने हुन्छ । यो नियम भन्सार कार्यालयमा शाखा नभएका बैकहरुलाई लाग्दैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री