शुक्रबार, १४ वैशाख २०८१

एन्फा अध्यक्षमा नरेन्द्र श्रेष्ठ बिजयी

समयपोष्ट २०७३ कार्तिक ९ गते ३:४०

अखिल नेपाल फुटवल संघ (एन्फा)को अध्यक्षमा नरेन्द्र श्रेष्ठ बिजयी भएका छन् । श्रेष्ठले आफ्ना निकटतम प्रतिद्वन्दी कर्मा छिरीङ शेर्पालाई पाँच मतको झिनो अन्तरले पराजित गरेका छन् । सोमबार भएको निर्वाचनमा ६७ मतदाता सहभागी थिए । खसेको कुल मत मध्ये शेर्पाले ३१ मत ल्याएका छन् भने श्रेष्ठले ३६ मत हाँसिल गरेका छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा मणि कुँवर निर्वाचित भए । कुँवरले ३४ मत पाएका छन् । कुँवर पुर्व अध्यक्ष गणेश थापाका सालो हुन् । उनका निकटतम प्रतिद्वन्दी दिपक खातीको पक्षमा २५ मत मात्रै परेको छ । खाती कर्मा छिरीङ शेर्पाको प्यानलबाट बरिष्ठ उपाध्यक्ष्यमा चुनाव लडेका थिए । अध्यक्षमा निर्वाचित श्रेष्ठ पुर्व अध्यक्ष थापा निकट मानिन्छन् । शेर्पाले गणेश थापाले एन्फामा मनोमानी गरेको भन्दै लामो आन्दोलनको नेतृत्व गरेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री