आइतबार, १४ जेठ २०८०

ज्योति विकास बैंकले ११.७ प्रतिशत वोनस सेयर दिने

समयपोष्ट २०७३ कार्तिक ७ गते ३:४४

ज्योति विकास बैंकले ११.७ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकले वोनस सेयर वितरण भएपछि कायम हुने चुक्ता पुँजीको १०० प्रतिशत हकप्रद सेयरसमेत दिने भएको छ  बैंकले गत आर्थिक बर्ष १५ करोड २१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी ९२ करोड ३४ लाख रुपैयाँ छ । यसमा ११.७ प्रतिशत वोनस सेयर दिएपछि पुँजी एक अर्ब तीन करोड रुपैयाँ नाघ्छ ।

Advertisement

बैंकले यो पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो । यसो हुँदा पुँजी दुई अर्ब ६ करोड नाघ्छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री