बुधबार, २६ वैशाख २०८१

‘लोकमानलाई दुई तिहाईबाट बिदा गरिन्छ’ 

समयपोष्ट २०७३ कार्तिक ६ गते १०:४०

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद तथा महाअभियोग सिफारिश समितिका सदस्य अमनलाल मोदीले अख्तियार प्रमुख लोकमा सिंह कार्कीलई संसदको दुई तिहाईबाट विदा गर्ने दाबी गरेका छन् । 
शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद मोदीले नेपालमा लोकतन्त्र र कानूनी राज्यभन्दा माथि कोही नभएको भन्दै अख्तियार प्रमुख कार्कीले कानूनी राज्यको धज्जी उडाएकोले उनलाई संसदको दुई तिहाईबाट विदा गर्ने बताएका हुन् । 
मोदीले सार्वभौम संसदमा उक्त प्रस्ताव दर्ता भैसकेकोले हचुवाको भरमा उक्त प्रस्ताव फिर्ता हुनै नसक्ने समेत ठोकुवा गरे । 
उनले अघि थपे,‘महाअभियोगको प्रस्ताव फिर्ता हुन्छ वा लिने हल्ला चलाईएको छ, यो गलत कुरा हो, सार्वभौमसत्ता सम्पन्न संसदको क्षेत्रको कुरा हो, यो विषयमा संसदमा छलफल हुन्छ ।’ यद्धपी उनले आफ्नो पार्टी अहिले नेपाली काँग्रेससँगको गठबन्धनको सरकारमा भएकोले काँग्रेसको निर्णय आएपछि मात्रै पार्टीले पनि आधिकारिक निर्णय बाहि ल्याउने जनाए । 
उनले भोलिदेखि सुरु हुने व्यवस्थापिका संसदको बैठकमा यो विषयमा छलफल हुने समेत स्पष्ट पारे । त्यस्तै उनले महाअभियोग सिफारिश समिति लोकमानकै लागि भनेर गठन नगरिएको समेत प्रष्ट्याए । 
एमाले सांसद फुयाँलको प्रश्न,‘लोकमानविरुद्धको महाअभियोग प्रस्तावमा सहयोग नगरेर काँग्रेसले के गर्छ त ?’
नेकपा एमालेका सांसद रामेश्वर फूयाँलले अख्यितार प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्ताव पारित हुने ठोकुवा गरेका छन् । 
गणतन्त्र ल्याउन पूर्वराजा ज्ञानेन्द्रले बल पुर्याझैं लोकमानले पनि आफ्नोविरुद्ध महाअभियो प्रस्ताव ल्याउन आँफैले मलजल गरेको उनको आरोप थियो । उनले अघि थपे,‘अति गरे, खति हुन्छ भनेको यही हो, उनले कानुनी राज्यलाई ठाडै चूनौति दिएका थिए, त्यसैले यो प्रस्ताव आएको हो ।’
सांसद फूयाँलले महाअभियोग प्रस्ताव पारित गर्न प्रमुख दल नेपाली काँग्रेसले पनि पूर्ण साथ दिने दाबी गरे । उनले भने,‘काँग्रेसले नगरेर के गर्छ त ?’ उनले लोकमानविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्नको लागि प्रमुख दलका नेताहरुले राजनेताको भूमिका निर्वाह गर्ने वेला आएको भन्दै त्यतातिर गम्भिर भएर सोच्न आग्रह गरे । 
उनले भोलिबाट महाअभियोग प्रस्तावमाथि छलफल हुने भएकोले अबको एक महिनाभित्रै यो विषय टुँगो लाग्ने समेत जनाए । 
लोकमान प्रकरण मोर्चाको लागि हर्ष न विषमात् : यादव 
मधेशी मोर्चाका प्रभावशाली नेता रामनरेश राय यादवले अख्तियार प्रमुख लोकमानविरुद्ध माओवादी केन्द्र र एमालेले मिलेर ल्याएको महाअभियोगको प्रसताव मोर्चाको लागि हर्ष न् विष्मात् भएको टिप्पणी गरेका छन् । 
यादवले किन यसरी हतारिएर महाअभियोग प्रस्ताव ल्याईएको भन्दै प्रश्न समेत गरे । उनले ठूला पार्टीहरुले मधेशी मोर्चाको मुद्दालाई ओझेलमा पार्नको लागि लोकमान प्रकरण अघि सारिएको समेत आरोप लगाए । उनले अघि थपे,‘अहिलेको ज्वलन्त समस्या भनेको संविधान संशोधन हो, संविधान संशोधन गरेर तीन वटै निकायको चुनाव गराउँदै संविधान कार्यान्वयन गराउने ठूलो कुरा हो, तर यहाँ लोकमानको प्रकरण देखाएर मोर्चालाई झुक्याउने काम गरिएको छ ।’
नेता यादवले लोकमानको मुद्दा अदालतमा विचाराधिन भएकोले अहिले दलहरुले हतारमा यस्तो प्रस्ताव ल्याउनुले नेताहरुको नियतमा प्रश्न उठेको आरोप लगाए । उनले भने,‘रातारात यो प्रस्ताव ल्याईयो, यसले गम्भिर प्रश्न उब्जाएको छ ।’ यद्धपी उनले हिजो लोकमानलाई अख्तियार प्रमुख बनाउनेहरुले आज आएर हटाउने खेल गरेको समेत टिप्पणी गरे । 
संविधान संशोधन नभए आफूहरुले तराईको कुनै पनि भूभागमा चुनाव गर्ने नदिने समेत उनको चेतावनी थियो । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री