शनिबार, १५ वैशाख २०८१

  हिमालयन बैंकले हकप्रद सेयर निस्कासन गर्ने, कात्तिक २६ देखि मंसिर ३० सम्म हकप्रद सेयर बिक्री हुने

समयपोष्ट २०७३ कार्तिक ५ गते ६:४४

काठमाडौँ । हिमालयन बैंकले ६४ लाख २७ हजार ३५० कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको छ । 

Advertisement

कात्तिक २६ देखि मंसिर ३० सम्म हकप्रद सेयर बिक्री गर्ने निस्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ।

सात कित्ता सेयर हुनेले एक कित्ता हकप्रद आवेदन दिन पाउने छन् । 

लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र हिमालयन बैंकका देशभर रहेका शाखामा हकप्रद आवेदन गर्न सकिने छ। 
 
 हाल बैंकको चुक्ता पुँजी चार अर्ब ४९ करोड ९१ लाख रुपैयाँ रहेको छ।  

हकप्रद सेयर जारी गरेपश्चात बैंकको पुँजी पाँच अर्ब १४ करोड रुपैयाँ पुग्नेछ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री