शुक्रबार, ७ वैशाख २०८१

नेपाल राष्ट्र बैंकको प्रवक्तामा नारायण पौडेल

समयपोष्ट २०७३ कार्तिक ३ गते १०:२२


काठमाडौं । नेपाल राष्ट्र बैंकको  प्रवक्ताको जिम्मेवारी नारायण पौडेलले पाएका छन् ।

Advertisement

उनी बैंकिङ सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक समेत हुन् । 

जनशक्ति व्यवस्थापन विभागका कार्यकारी निर्देशक रहेका त्रिलोचन पङ्गेनीलाई हटाएर पौडेललाई  प्रबक्ता बनाइएको हो । 

राष्ट्र बैंकले बुधबार विज्ञप्ति जारी गर्दै नवनियुक्त प्रवक्ता पौडेलले व्यवस्थापन, अर्थशास्त्रमा स्नातकोत्तर गरेको जानकारी दिएको छ ।

उनले वेलायतबाट वित्त व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । पौडेल २०४६ जेठबाट राष्ट्र बैंकमा आवद्ध छन् ।

त्यस्तै पङ्गेनीलाई प्रवक्ताबाट हटाउँदै सरुवा गरिएको छ । उनलाई राष्ट्र ऋण विभागको नेतृत्व जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री