सोमबार, ७ जेठ २०८१

कोरोना प्रभावित व्यवसायीलाई ५ करोडसम्म पुनरकर्जा

समयपोष्ट २०७८ कार्तिक १४ गते १४:१५

Advertisement

केन्द्रीय बैंकले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना महामारीबाट प्रभावित उद्योगी/व्यवसायीलाई पुनरकर्जाका लागि आवेदन दिन आह्वान गरेको छ ।

राष्ट्र बैंकले एक सुचना जारी गर्दै पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसार पुनरकर्जाको लागि आह्वान गरेको हो ।

व्यवसायीले पुनरकर्जाका लागि आजदेखि मंसिर १९ गतेसम्म आवेदन दिन पाउनेछन् । बैंकका प्रवक्ता देवकुमार ढकालले पुनरकर्जा कार्यविधिअनुसार व्यवसायीले ५ करोड रुपैयाँसम्म कर्जा पाउने बताए ।

पुनरकर्जाका लागि आवेदन दिँदा नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७ (तेस्रो संशोधनसहित) अनुसूची १ बमोजिम ढाँचाको आवेदन चाहिने बताइएको छ । यस्तै, इजाजतप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय पनि पुनरकर्जाका लागि आवश्यक पर्नेछ । यसैगरी, पुनरकर्जा लिन चाहने ग्राहकको सम्पूर्ण विवरण समेत आवश्यक पर्नेछ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री