सोमबार, ७ जेठ २०८१

एनएमबि बैंकले घोषणा गर्यो लाभांश

समयपोष्ट २०७८ कार्तिक १४ गते १२:३२

Advertisement

एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस शेयर र ३.३ प्रतिशत नगद लाभांश गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कात्तिक १२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको थियो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२ रुपैयाँ ६६ पैसा रहेको छ। १२.५ प्रतिशतका दरले २ अर्ब ४ करोड ७ लाख ४५१ रुपैयाँ बराबरको बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९५९ रुपैयाँ पुग्नेछ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री