सोमबार, ७ जेठ २०८१

मुक्तिनाथ विकास बैंकले घाेषणा गर्याे लाभांश

समयपोष्ट २०७८ कार्तिक १४ गते १२:२९

Advertisement

मुक्तिनाथ विकास बैंकले लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको कार्तिक १२ गते शुक्रबार बसेको बैठकले लाभांश घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १७ दशमलव ५७ प्रतिशत बोनस सेयर र उक्त बोनसको कर प्रयोजनको लागि शून्य ९२ प्रतिशत गरी कुल १८ दशमलव ५० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी १५औँ वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Advertisement

हाल चार अर्ब ८१ करोड १५ लाख रुपैयाँ रहेको बैंकको चुक्ता पूँजी १७ दशमलव ५७ प्रतिशत बोनस वितरणपछि पाँच अर्ब ६५ करोड ६९ लाख रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री