सोमबार, ७ जेठ २०८१

कात्तिक २८ गतेदेखि गरिमा र सहारा विकास बैंकको एकीकृत कारोबार

समयपोष्ट २०७८ कार्तिक १४ गते ११:५१

Advertisement

राष्ट्रियस्तरको गरिमा विकास बैंकले सहारा विकास बैंकलाई प्राप्ति गरेको छ ।

गरिमा विकास बैंकको गत भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते बसेको छुट्टाछुट्टै विशेष साधारणसभाले एक्विजिशनमा जाने प्रस्ताव पारित गरेसँगै सहारा गरिमा बैंकमा विलय हुने भएको हो ।

बैंक विलय तथा प्राप्तिका लागि नेपाल राष्ट्र बैंकले गत कात्तिक १ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले कात्तिक ११ गते अन्तिम स्वीकृति दिइसकेको छ । योसँगै अब यी दुई बैंकले आगामी कार्तिक २८ गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । यद्यपि, बैंकको नाम भने गरिमा विकास बैंक नै रहने छ ।

एक्युजिशन सम्झौता अनुसार दुई बैंकबीच १ः१ को भ्यालुएसन साझेदारी रहने सहमति भएको गरिमा विकास बैंकले जनाएको छ । अर्थात् गरिमा विकासले सहारा विकासलाई १ को बराबर १ शेयर आदानप्रदान रेशियोमा प्राप्ति गर्ने सहमति भएको हो ।

Advertisement

प्राप्ति पश्चात बैंकको चुक्तापूँजी ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार १०५ रुपैयाँ पुग्नेछ । बैंकको केन्द्रिय कार्यालय भने हाल गरिमा विकास बैंक रहेकै भवन काठमाडौँ महानगरपालिका वडा नं. २, लाजिम्पाटमा रहनेछ ।

गरिमा विकास बैंक राष्ट्रिय स्तरको विकास बैंक हो भने सहारा विकास बैंक सर्लाही जिल्लालाई केन्द्रित हुँदै सञ्चालन भइरहेको बैंक हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री