सोमबार, ७ जेठ २०८१

९०.८० प्रतिशतले बढ्यो लुम्बिनी विकास बैंकको खुद नाफा

समयपोष्ट २०७८ कार्तिक १४ गते ९:१७

Advertisement

लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले २१ करोड ३१ लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९०.८० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ११ करोड १७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी बढेसँगै इम्पेरमेन्ट चार्ज रिभर्स हुँदा बैंकको खुद नाफा उल्लेख्य बढ्न टेवा पुगेको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३३.७१ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८३.४० प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ४९.३० प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ५१ करोड १ लाख रुपैयाँ (४३ करोड ५० लाख रुपैयाँ ओपनिङ्ग ब्यालेन्स सहित) रहेको छ।

Advertisement

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ५.९४ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ०.५० प्रतिशत बढेको छ भने कर्जा ९.१८ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ४५ पैसाबाट १२ रुपैयाँ ८९ पैसा बढेर २९ रुपैयाँ ३४ पैसा पुगेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १७.६२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ५ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री