सोमबार, ७ जेठ २०८१

यस्तो आयो कुमारी बैंकको पहिलो त्रैमाससम्मको वित्तीय विवरण

समयपोष्ट २०७८ कार्तिक १४ गते ९:१४

Advertisement

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.१९ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी घटेसँगै इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न पुगेको हो

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा १०.५८ प्रतिशत घटेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ६७.०५ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब १० करोड ६३ लाख रुपैयाँ रहेको छ। १ अर्ब २४ करोड ७० लाख ९७ हजार रुपैयाँ ओपनिङ्ग ब्यालेन्सका कारण बैंकको वितरण योग्य मुनाफा बढी देखिएको हो।

Advertisement

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष ६.७५ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ६.४१ प्रतिशत बढेको छ भने कर्जा १०.५० प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ २५ पैसाबाट ३ रुपैयाँ ६५ पैसा घटेर १५ रुपैयाँ ६० पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १८.४६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ५६ पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री