सोमबार, ७ जेठ २०८१

कृषि विकास बैंकको खुद नाफा ५.१८ प्रतिशतले वृद्धि

समयपोष्ट २०७८ कार्तिक १४ गते ९:११

Advertisement

कृषि विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा खुद नाफा वृद्धि गरेको छ ।

बैंकले खुद नाफा वृद्धि भएको वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ४८ करोड ५३ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.१८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४६ करोड १४ लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद ब्याज आम्दानी बढे पनि इम्पेरमेन्ट चार्ज बढ्दा बैंकको खुद नाफा प्रभावित भएको हो।

Advertisement

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७.३० प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा २.१२ प्रतिशत बढेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा १६.१२ प्रतिशत बढेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा २ करोड ४५ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १.७३ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ५.८१ प्रतिशत घटेको छ भने कर्जा ७.९८ प्रतिशत बढेको छ।

नाफा बढेपनि बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९० पैसाबाट १ रुपैयाँ २० पैसा घटेर १४ रुपैयाँ ७० पैसा पुगेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात ३४.५५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २४० रुपैयाँ २० पैसा रहेको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री