शुक्रबार, १६ चैत २०८०

डोबाटेले लिए विना विभागीय मन्त्रीको शपथ

समयपोष्ट २०७८ असोज २५ गते १९:१०

Advertisement

गण्डकी प्रदेशमा डोबाटे विश्वकर्माले विना विभागीयमन्त्रीको शपथ लिएका छन् ।

सोमबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटेलाई मन्त्री बनाउनका लागि एक साताअघि काठमाडौँ गएर प्रधानमन्त्री शेरबहादुर देउवासंग मन्त्री बनाउन सहमति लिएपछि आज बिहान सांसद विश्वकर्मालाई मन्त्रीमा नियुक्त गरेका थिए ।

यसअघि साउन ८ गते मुख्यमन्त्री पोखरेलले मन्त्रिपरिषद् विस्तार गर्दा डोबाटे मन्त्री हुने सूचीमा रहे पनि अन्तिममा हटाएर विन्दुकुमार थापा मन्त्री बनेका थिए । काँग्रेसमा व्यक्तिवादी गुटका कारण दलित र पुरानो नेतालाई पाखा लगाएको भन्दै मुख्यमन्त्री पोखरेलको तीव्र आलोचना भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री