शुक्रबार, १६ चैत २०८०

अरनिको डेभलप्मेण्ट बैंक लिमिटेड सेञ्चुरी कमर्सियल बैंकले खरिद गर्ने

समयपोष्ट २०७३ कार्तिक १ गते ६:४०


काठमाडौं ।  काभ्रेको धुलिखेलमा रहेको अरनिको डेभलप्मेण्ट बैंक सेञ्चुरी कमर्सियल बैंकले खरिद गर्ने भएको छ ।

Advertisement

सेञ्चुरी कमर्सियल बैंकले अरनिकोलाई प्राप्त गर्ने सम्बन्धमा आइतबार हस्ताक्षर गरेको हो  ।

प्राप्तिसम्बन्धी कार्य २०७३ माघ महिनाभित्र सम्पन्न गरी एकीकृत कारोबार गर्ने लक्ष्य बैंकले लिएको छ ।  

सेञ्चुरी बैंकले २९ करोड ५ लाख चुक्तापुँजी रहेको इन्नोभेटिभ डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्न यसअघि नै हस्ताक्षर गरिसकेको छ । 

इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलप्मेण्ट बैंकलाई प्राप्तिपछि सेञ्चुरीले ५० भन्दा बढी शाखा कार्यालयबाट बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ ।

हाल सेञ्चुरी बैंकको कुल पुँजी २ अर्ब ८४ करोड रुपैयाँ छ । बैंकले थप ८५ करोडको हकप्रद सेयर जारी गरिसकेको छ । बैंकको असोज मसान्तसम्ममा कुल निक्षेप ३१ अर्ब ४२ करोड र कर्जा २७ अर्ब ४१ करोड रुपैयाँ छ ।

दुवै संस्था (सेञ्चुरी बैंक तथा अरनिको डेभलप्मेण्ट बैंक ) को गत आवको मुनाफा आफ्नै पुँजीमा बाँडेर समाहित हुने हुँदा एकीकृत कारोबार पश्चात् सेञ्चुरी बैंकको पुँजी ५ अर्बभन्दा बढी हुनेछ ।

नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब पुँजीमध्ये अन्य संस्था प्राप्ति, हकप्रद तथा मुनाफा आर्जनबाट पुयाउने बैंकको लक्ष्य रहेको 
छ ।  

प्रतिक्रिया

सम्बन्धित सामाग्री