शुक्रबार, १४ वैशाख २०८१

ज्योति लाइफका संचालक अग्रवाल बने राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा र्निवाचित हुने पहिलो नेपाली

समयपोष्ट २०७८ असोज २१ गते १८:३०

Advertisement

ज्योति लाइफ इन्स्योेरेन्स कम्पनी लि. का संचालक जयन्त कुमार अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।

उहाँ उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली हुनुहुन्छ ।

अग्रवालले राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्षको कार्यकाल समाप्ती पछि राउण्ड टेबल इन्टरनेशनलका अध्यक्षका रुपमा कार्य गर्नुहुनेछ ।

राउण्ड टेबल संसारको ६८ देशहरुमा शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत क्रियाशील गैरनाफामूलक संस्था हो ।

अहिलेसम्म राउण्ड टेबल नेपालले ३४८ कक्षा कोठासहित ५८ वटा विद्यालय निर्माण गरिसकेको छ । यस संस्थाको उद्देश्य युवाहरुलाई सक्रिय बनाउने र सामाजिक कार्यका लागि प्रेरित गर्ने रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री