बुधबार, १२ वैशाख २०८१

प्रभुले ल्यायो अमेरिकामा निर्मित नयाँ हेलिकप्टर

समयपोष्ट २०७३ असोज ३० गते ९:३०

प्रभु हेलिकप्टरले अमेरिकामा निर्मित रोविन्सन आर ६६ नयाँ हेलिकप्टर ल्याएको छ । कम्पनीले असोज २३ गते पोखरामा सफलतापुर्वक परिक्षण उडान सम्पन्न गरेको जनाएको छ । 
नयाँ हेलिकप्टर चाडै नै नेपाली आकाशमा व्यवसायीक उडान शुरु गर्ने लक्ष्य रहेको जानकारी कम्पनीले गराएको छ । यो सहित प्रभु हेलिकोप्टसँग अहिले अमेरिकामा निर्मित दुई वटा हेलिकोप्टर रहेको छ । पोखरा र काठमाडौँमा आधार बनाएर हेलीकप्टरद्वारा दैनिक साइट सिइङ, माउण्टेन फ्लाइट, एयर एम्वुलेन्स, रेस्क्यु फ्लइटका उडान भर्ने कम्पनीले जनाएको छ ।
कम्पनीको पोखरामा आफ्नै ह्याङ्गरमा नियमित परिक्षण तथा मर्मत सम्भार गरि सुरक्षित तथा भरपर्दो सेवाकोे प्रत्याभूति गरिएको जनाएको छ । प्रभु हेलिकप्टरले क्रमिक रुपमा सेवा गुणस्तरमा जोड दिदै जाने जनाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री