शुक्रबार, १६ चैत २०८०

सौभाग्यको सुचक स्वस्तिक चिन्हको यि हुन् महत्व 

समयपोष्ट २०७३ असोज ३० गते ९:००


हरेक धर्मको एउटा विषेश चिन्ह हुने गर्दछ । सनातान धर्मको पनि विशेष चिन्ह छ त्यो हो ‘स्वस्तिक’। ‘स्वस्तिक’ चिन्हको प्रयोग हिन्दु धर्ममा मात्र नभै जैन र बौद्ध धर्ममा पनि गरिदै आएको छ । हजारौ बर्ष पहिलेको सिन्धु घाटी सभ्याता उत्खनन्को क्रममा पनि ‘स्वस्तिक’ चिन्ह् अंकित चिन्ह प्राप्त भएको थियो । 
मानिसहरुले ‘स्वस्तिक’ चिन्हको प्रयोग हजारौ बर्ष पहिले पनि गर्दा रहेछन् भन्ने कुराहको प्रमाण हो त्यो । 

Advertisement

मध्य एसियाका केही देशहरुमा ‘स्वस्तिक’ चिन्हलाई सौभाग्य एवं मांगलिकको सुचकको रुपमा पनि लिइन्छ । नेपालमा यस चिन्हलाई हेरंव अर्थात श्री गणेश ,मिस्रमा एक्टोन तथा बर्मामा महा पियेन्रेको नामबाट पुज्ने गरिन्छ । अष्ट्रेलिया र न्युजिल्याण्डका मावरी आदिबासीहरु ‘स्वस्तिक’ चिन्हलाई मंगलको प्रतिक मान्ने र पुज्ने गर्दछन् । 
 

‘स्वस्तिक’को आकृतीलाई भगवान् श्री गणेशको प्रतिक मान्ने गरिन्छ भने श्री हरि र सुर्यको आसन पनि स्वस्तिकलाईनै मानिन्छ  । बौद्ध धर्ममा स्वस्तिकको आकार भगवान् बुद्धको हृदयमा देखाइएको पाईन्छ । मेसोपोटामिया सभ्यातामा शस्त्र अस्त्रमा विजय प्राप्त गरिसकेपछि स्वस्तिक चिन्हको प्रयोग गरिन्थ्यो । 

‘स्वस्तिक’ एउटा यस्तो संस्कृतीक शब्द हो जसको अर्थ हुन्छ प्रशन्नता ल्याउँनु । वास्तु शास्त्रका अनुसार  ‘स्वस्तिक’ चिन्हमा चार दिशा अर्थात पुर्व ,पश्चिम,उत्तर ,दक्षिण हुने गर्दछ । यसकारण  ‘स्वस्तिक’ चिन्हलाई हिन्दु धर्ममा हरेक शुभ कार्यमा पुज्ने गरिन्छ । 

‘स्वस्तिक’ मन्त्रले हृदय र मन दुवैको संगम हुने मान्यता हिन्दु धर्ममा रहिआएको छ । घर अथवा मन्दिरमा शुभ कार्य गर्दा ‘स्वस्तिक’मन्त्रोचारण गर्दै कमण्डलुबाट पानी छ्याप्ने गरिन्छ । सो मन्त्रोचारण गर्दै छर्किएको जलले क्रोध एवं बैमनस्यता शान्त हुने विश्वास गरिन्छ । गृश निमार्णको क्रममा  ‘स्वस्तिक’ मन्त्रोचारण निकैनै शुभ मानिन्छ । 

ऊं स्वस्ति न इन्द्रो वृद्धश्रवाः
स्वस्ति नः पूषा विश्ववेदाः
स्वस्ति नस्तार्क्ष्यो अरिष्टनेमिः
स्वस्ति नो बृहस्पतिर्दधातु
ऊं शान्तिः शान्तिः शान्तिः

प्रतिक्रिया

सम्बन्धित सामाग्री