शुक्रबार, १६ चैत २०८०

सानिमा बैंकले १५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद दिने

समयपोष्ट २०७३ असोज ३० गते ३:०४

सानिमा बैंकको साधारणसभाले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र ३० प्रतिशत हकप्रद सेयर दिने प्रस्ताव पारित गरेको छ । बैंकको शुक्रबार सम्पन्न साधारणसभाले कर प्रयोजनका लागि का लागि ०.७९ प्रतिशत नगद लाभांशको प्रस्ताव पनि अनुमोदन गरेको छ ।

Advertisement

साधारणसभाले बागमति डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । त्यसै गरी बैंकको अधिकृत पूँजी बृद्घि गरी रु नौ अर्ब तथा जारी र चुक्ता पूँजी रु छ अर्ब नब्बे करोड पुर्‍याउने प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०७२/७३ मा खुद नाफा रु एक अरव कमाएको सानिमा बैंकको कुल सम्पत्ति रु ५५.८९ अर्ब, कुल निक्षेप रु ४६.३४ अर्ब, तथा कर्जा सापटी रु ४०.४६ अर्ब रहेको छ । आर्थिक वर्ष २०७१/७२  को तुलनामा नाफा, निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमश ६०.२९, ३६.१२, ४३.१३, र ३८.६८ प्रतिशतले  बृद्धि गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री