शुक्रबार, ७ वैशाख २०८१

भिबोर सोसाइटी डेभलपमेन्ट बैंकको नारायणगढ शाखा स्थानान्तरण

समयपोष्ट २०७३ असोज २० गते १२:०३

भिबोर सोसाइटी डेभलपमेन्ट बैंक लिमिटेडले नारायणगढ शाखा कार्यालय स्थानान्तरण गरेको छ । बिहिवार बैंकले  साविक नारायणगढ, पुरानो वजार क्षेत्रबाट नारायणगढको मुख्यवजार क्षेत्र,पूर्व पश्चिम राजमार्गअन्र्तगतको भरतपुर नगरपालिका, वडा नं.४, लायन्स चोकमा स्थानान्तरण गरेको हो । 
उक्त शाखा स्थानान्तरण कार्यक्रमको समुद्घाटन बैंकका अध्यक्ष सुशिलराज पराजुलीले गरे । भिबोर सोसाइटी डेभलपमेन्ट बैंक नेपालको सबैभन्दा ठूलो विकास बैंक भएको र यसले आप्mना शाखा कार्यालयहरुवाट विभिन्न प्रकारका निक्षेप तथा कर्जा सुविधाका साथै एटिएम, एबिबिएस, मोवाइल बैंकिङ लगायतका बैंकिङ्ग सेवाहरु उपलब्ध गराउदै आएको छ । 

Advertisement

बैकका ४२ शाखा सञ्जालहरु र १ एक्सटेन्सन काउण्टर गरी कुल ४३ स्थानहरुवाट आफ्नो बैकिङ्ग सेवाप्रदान गर्दै आएको छ । बैंकको चुक्ता पुंज १८१.५० करोड रहेको छ । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री