शुक्रबार, १४ वैशाख २०८१

दमकदेखि चीन जोड्ने सडक निर्माण छिट्टै पूरा गरिने

समयपोष्ट २०७३ असोज २० गते ४:४९

पूर्व झापाको दमकदेखि इलाम, पाचथर, ताप्लेजुङ हुँदै चीन जोड्ने सडक (फाल्गुनन्द मार्ग) छिट्टै निर्माण सक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष पहल गर्ने बताएका छन् ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा सो सडक निर्माणका लागि सरोकार राख्ने राजनीतिक दलका नेता, फाल्गुनन्द मार्ग निर्माण उपभोक्ता समितिका पदाधिकारी, व्यवसायीसहितको सर्वपक्षीय प्रतिनिधि मण्डलसँगको भेटमा प्रधानमन्त्रीले उक्त सडक निर्माणपछि छोटो दुरीमै चीनको सिमानासम्म पुग्न सकिने तथा चारवटै जिल्लाका पश्चिमी भेगका जनतालाई धेरै सहजता र सुविधा उपलब्ध हुने भएकाले आफूले छिट्टै निर्माण कार्य सक्न आवश्यक पहल गर्ने बताए।
उनले उक्त सडकलाई थप वजेट उपलब्ध गराउने तथा छुट्टै आयोजनामा पार्न योजना आयोगमा छलफल गर्ने बताए।
उपभोक्ता समिति अध्यक्ष गगन पुरीसहित सामान्य प्रशासन मन्त्री केशव बुढाथोकी, पूर्व मन्त्री अग्नि खरेल, टंक आङ्बुहाङलगायतले प्रधानमन्त्रीलाई भेटी ज्ञापनपत्र बुझाएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री