बिहीबार, १३ वैशाख २०८१

नेपाल टेलीकमले फोर जी इन्टरनेट सञ्चालनको अनुमति पायो

समयपोष्ट २०७३ असोज १७ गते ६:४१

 

Advertisement

काठमाडौँ । नेपाल टेलीकम (एनटिसी) ले फोर जी इन्टरनेट सञ्चालनको अनुमति पाएको छ। 

यस संगसंगै एनटिसीको मोवाइल चलाउने ग्राहकले अब डाटामा तिब्र गतिको इन्टरनेट सुविधा लिन पाउने भएका हुन्।

टेलिकम क्षेत्रको नियामक निकाय नेपाल दूर सञ्चार प्राधिकरणले एनटिसीले फोर जी सञ्चालनको अनुमति मागेर पेश गरेको निवेदन स्वीकार गरि सेवा सञ्चालनको बिस्तृत कार्ययोजना पेश गर्न भनेको छ। 

प्राधिकरणका अनुसार उक्त योजना पेश गरेपछि कम्पनीले उपभोक्तालाई यो सेवा दिन पाउनेछ।

एनटिसीले दुई महिना भित्र फोर जी सेवा सञ्चालनमा ल्याइ सक्ने लक्ष राखेको छ। 

कम्पनीका अनुसार १८०० मेगाहर्ज फ्रिक्वेन्सीमा फोर जी सुविधा दिने तयारी गरिएको छ। 
 
अहिले यहि फ्रिक्वेन्सीमा एनटिसीले थ्री जी सेवा दिँदै आएको छ। अब फोर जीका लागि भने पहिले भन्दा दोब्बर शुल्क तिर्नु पर्छ। 

मोवाइल डाटा इन्टरनेटमा फोर जी चौथो पुस्ताको सुविधा हो। विगतका तीन पुस्ता भन्दा यो तिब्र गतिको हुन्छ।

सामान्यतया फोर जीको डाटा ट्रान्सफर रेट प्रति सेकेन्ड एक सय एमबीको दरमा हुन्छ।

सुरुमा काठमाडौँ र अरु मुख्य शहरमा यो सेवा पुर्याइ त्यसपछि देशका बिभिन्न भेगमा क्रमशः विस्तार गर्ने एनटिसीको योजना छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री