शनिबार, १३ मंसिर २०७७

बलि नहुँदा मन्दिरको एक करोड बराबरको आम्दानी गुम्यो

समयपोष्ट २०७७ कार्तिक १३ गते २१:१८

Advertisement

कोरोना सङ्क्रमणका जोखिमका कारण दशैँमा मठमन्दिरमा नित्यपूजाबाहेक पूजाराधना र दर्शनमा निषेधाज्ञा जारी गरिएपछि झण्डै एक करोड बराबरको आम्दानी गुमेको छ ।

बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काले विशेष पूजा हुने दुई पर्वसहित नियमित पूजाको आम्दानी जोड्दा त्यो रकम अझै धेरे हुने बताउनुभयो । मन्दिरमा आव ०७४÷०७५ मा मन्दिरमा भेटीबाट रु. एक करोड ३४ लाख ८७ हजार आम्दानी भएको थियो ।

Advertisement

मन्दिरका पूजारी जयबहादुर खड्काले बन्दाबन्दी र निषेधाज्ञाको समयमा पनि मन्दिरमा नित्यपूजा, आरती र भजनर्कीतन चलिरहेको बताउनुभयो । मन्दिरमा चढाइने बलिको मुढ, भेटी, परेवा र अक्षता आम्दानीको मुख्य स्रोत हो । बलिका रुपमा बोका, राँगो, हाँस, सँगुर, कुखुरा चढाउने गरिन्छ । तिनका मुढ (टाउको) भक्तजनले मन्दिरलाई चढाउने गरेका छन् । धार्मिक एवं ऐतिहासिक महत्वको उक्त मन्दिर विसं १५९१ मा स्थापना भएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री