शुक्रबार, १४ वैशाख २०८१

रवि र निकितालाई कोरोना संक्रमण

समयपोष्ट २०७७ कार्तिक १३ गते १३:०५

Advertisement

सञ्चारकर्मी रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

बिहीबार बिहान सामाजिक सञ्चालमार्फत लामिछानेले आफू र पत्नी निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनले गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि बुधबार पीसीआर टेष्ट गर्दा आफूहरुमा कोरोना संक्रमण देखिएको बताएका छन् ।

उनले लेखेका छन्, ‘गत मंगलबार रातिबाट हल्का ज्वरो आएपछि हिजो पीसीआर टेष्ट गर्दा, म र निकिता दुवैमा कोरोना पोजेटिभ देखिएको छ । हामी दुवैको स्वास्थ्य सामान्य छ । केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ । घरमा हामी दुई मात्र छौं त्यसैले धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले चाहिँ बिल्कुल लापरबाही नगरौं ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री