शनिबार, १५ वैशाख २०८१

परिवारजनमा सीमित भएर पर्व मनाउन सभामुखको आग्रह

समयपोष्ट २०७७ कार्तिक १० गते ७:०५

Advertisement

सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीबाट सिर्जित विषम परिस्थितिका कारण यसपटक परिवारजनमा सीमित भएर चाडपर्व मनाउन अपिल गर्नुभएको छ । दशैँ, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले सम्भव भएसम्म आफू बसोबास गरिरहेका स्थानमा नै चाडपर्व मनाउन आग्रह गर्नुभएको छ ।

विगतमा जस्तो यस पटक पारिवारिक पुनर्मिलन र सामाजिक अन्तरघुलनका लागि सहजता नभएको उल्लेख गर्दै उहाँले यस वर्षका चाडपर्व कोभिड–१९ लाई परास्त गर्ने सङ्कल्पका लागि आपसी छलफल गर्ने अवसर बन्ने विश्वास आफूले लिएको बताउनुभएको छ ।

सभामुख सापकोटाले प्राकृतिक विपत्ति र कोरोना भाइरसका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । वर्षभरि आइरहने चाडपर्व नेपाली संस्कृतिका मौलिक विशेषता भएको उल्लखे गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा मनाइने चाडपर्वले विविधताबीचको एकता, सामाजिक सद्भाव एवं व्यक्ति, परिवार र समाजलाई आपसमा जोड्ने काम गरेको बताउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री