शुक्रबार, १४ वैशाख २०८१

थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु

समयपोष्ट २०७७ कार्तिक ९ गते १६:२८

Advertisement

पछिल्लो २४ घन्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

थप ५ जनाकाे मृत्यु भएसँगै नेपालमा काेराेना संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ । कोरोना संक्रमणबाट मृत्यु हूँनेको संख्या र संक्रमित नेपालमा हरेक दिन बढ्दै छन् । आइतबार मात्र २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको ।

नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर ३ हजार ३ सय ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ सय ४७ पुगेको छ ।

यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित ४५ हजार ५ सय ७२ जना छन् भने ३ हजार ६४ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री