शुक्रबार, १४ वैशाख २०८१

भाजपा नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्रीलाई कोभिड–१९ सङ्क्रमण

समयपोष्ट २०७७ कार्तिक ८ गते २१:२९

Advertisement

भारतको सत्ताधारी दलका वरिष्ठ नेता तथा महाराष्ट्रका पूर्व मुख्यमन्त्री देवेन्द्र फडणवीसलाई शनिबार कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।

फडणवीसले सामाजिक सञ्जालमार्फत् आफू कोभिड–१९ सङ्क्रमित भएको बताउनुभएको छ । साथै उहाँले विगत केही दिनमा आफ्नो निकट सम्पर्कमा रहेका सबैलाई कोभिड–१९ परीक्षणका गर्न सुझाव दिनुभएको छ ।

फडणवीस भाजपाको विहार राज्यको निर्वाचन अभियानमा इन्चार्ज हुनुहुन्छ । बिहारमा यही अक्टोबर २८ देखि नोभेम्बर १० सम्म विभिन्न चरणमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ ।
अहिले उक्त राज्यमा निर्वाचन अभियान जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री