शुक्रबार, १४ वैशाख २०८१

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

समयपोष्ट २०७७ असोज २९ गते १४:५४

Advertisement

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

काठमाडौंको होटल मारियटमा बिहीबार सम्पन्न साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष डा. आत्माराम घिमिरेले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरेको छ ।

२०६४ सालमा दर्ता भै २०७४/०८/२८ देखि वीमा व्यवसाय कारोबार संचालन गर्दै आएको यस इन्स्योरेन्सका संचालक समितिमा अध्यक्ष डा. आत्माराम घिमिरे , सदस्यहरुमा सुभाष अमात्य, रामेश्वर सापकोटा, नरेश बहादुर मल्ल तथा प्रभु बैंकका तर्फबाट मनिराम पोखरेल रहनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री