शुक्रबार, ७ वैशाख २०८१

यी कुरामा ध्यान दिनुहोस् कहिले लाग्ने छैन कोरोना

समयपोष्ट २०७७ असोज २८ गते १३:४६

Advertisement

कोरोनाभाइरसको संक्रमण दिनप्रतिदिन बढ्दो छ । यस भाइरसको हालसम्म न कुनै औषधि छ न कुनै खोपनै । जसले गर्दा यस रोग लाग्नबाट जति बच्नसक्यो त्यति राम्रो ।

यस रोग लाग्नबाट कसरी बच्ने त ? मास्कको प्रयोग, सामाजिक दुरी वा साबुनपानी र स्यानिटाइजरको प्रयोग नै कोरोनाबाट बच्ने सबेभन्दा उत्तम विकल्प हो । तर कोरोना भाइरस बढ्दै जाँदा यति मात्र उपाय अपनाउँदा जोखिम कम नहुँनपनि सक्छ त्यसकारण निम्न उपाय अपनाउँदा कोरोनाबाट धेरै हदसम्म बच्न सकिन्छ :

-बाहिरबाट ल्याएको सामाग्री सिधैँ प्रयोग नगरौँ

– बाहिरबाट आउनासाथ अनिवार्य नुहाउने र लगाएको कपडा धुने

-घरका सदस्यमा कोरोनासँग मिल्दो लक्षण देखिएमा तुरुन्त आइसोलेट गर्ने

-घरमा कोहि कोरोना संक्रमित छन् भने अनिवार्य २ मिटरको दुरी बनाउने

-टुसा उम्रेका गेडागुडीमा आईरन, भिटामिन सि जस्ता सूक्ष्म पोषक तत्व, रेसादार (फाइबर) तथा अन्य फाइदाकर तत्वहरु पाइनुका साथै पाचन प्रणालीलाई समेत स्वस्थ राख्नेहुनाले टुसा उमारिएकोगेडागुडी नियमित खाने।

-फर्मेन्टेड खानेकुराहरु जस्तैः दहि, मोहि, गुन्द्रुक, सिन्की, मसौरा, किनेमा, तामा (मेसो) आदिमा क्याल्सियम, आइरन, म्याग्नेसियम, जिंक जस्ता शुक्ष्म पोषक तत्व, प्रोबायोटिक्स, एन्टिअक्सिडेन्ट आदि प्रशस्त पाइनुका साथै पाचन प्रणालीलाई सुदृढ गर्ने भएकाले दैनिक रुपमा आवश्यकताका आधारमा खाने।

-दैनिक रुपमा मौसम अनुसारको हरियो सागसब्जी तथा फलफूलहरु प्रशस्त मात्रामा खाने।

-कम्तिमा २ लिटर पानी दैनिक पिउने।

-बिहान, बेलुका बेसार पानी वा दूधमा बेसार राखेर पिउने।

प्रतिक्रिया

सम्बन्धित सामाग्री