शुक्रबार, ७ वैशाख २०८१

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएका माओवादी नेता ढुंगेल पक्राउ

समयपोष्ट २०७४ कार्तिक १४ गते ६:५१

सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका माओवादी नेता बालकृष्ण ढुंगेल पक्राउ परेका छन् । उनलाई ललितपुरको सातदोबाटोबाट मंगलबार बिहान सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको आफन्तले बताएका छन् ।  प्रहरीले भने उनको गिरफ्तारिको विषयमा केहि पनि बताएको छैन । 

Advertisement

२०६४ सालको संविधानसभा चुनावमा ओखलढुंगा २ बाट निर्वाचित भएका ढुंगेल सभासद रहेकै बेला दोषी ठहर भएका थिए । उनीसँगै सजाय तोकिएका पूर्वमाओवादी नेता पुष्कर गौतम अहिले जेलमै छन् ।

ओखलढुंगाका उज्ज्वन कुमार श्रेष्ठको  हत्या अभियोगमा उनलाई २०६१ सालमा जिल्ला अदालत ओखलढुंगाले  कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद सजाय सुनाएको थियो । सो फैसलालाई पुनरावेदन अदालत राजविराजले उल्टाइदिएको थियो । तर पछि सर्वोच्च अदालतले २०६६ सालमा जिल्ला अदालतको फैसला सदर गरेको थियो । 

ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको १० असार २०५५ मा हत्या भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री